५.३२ अंकले घट्यो सेयर बजार, परिसूचक १९३३ बिन्दुमा

हिमाल प्रेस २ चैत २०७९ १५:१३ | Thursday, March 16, 2023
५.३२ अंकले घट्यो सेयर बजार, परिसूचक १९३३ बिन्दुमा

काठमाडौँ- साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ५.३२ अंकले घटेको छ। यो साता मात्रै नेप्से परिसूचकमा ६९ अंकको गिरावट आएको छ।

बिहीबार ११९ कम्पनीको सेयर मूल्य घट्दा ९२ कम्पनीको मूल्य बढेको छ। जसमध्ये युनिक नेपाल लघुवित्त र शुभभ् पावर लिमिटेडको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो।

कारोबार रकमका हिसाबले आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रह्यो। यसको ४ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँको कारोबार भयो।

आज ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ। यो उपसमूह १.१४ प्रतिशतले ओरालो लाग्दा व्यापार उपसमूह भने १.४१ प्रतिशतले बढेको छ।

प्रकाशित: २ चैत २०७९ १५:१३ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast