साहित्य कला संगमले यी सात स्रष्टालाई पुरस्कार प्रदान गर्ने

हिमाल प्रेस १ चैत २०७९ १३:०७ | Wednesday, March 15, 2023
साहित्य कला संगमले यी सात स्रष्टालाई पुरस्कार प्रदान गर्ने

काठमाडौँ- साहित्य कला संगम दमकले यस वर्ष सात स्रष्टालाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

‘भवानी मिश्र पुरस्कार’, ‘साहित्य कलाश्री पुरस्कार’ र ‘तुलसादेवी न्यौपाने स्मृति पुरस्कार’का लागि सात स्रष्टालाई नगदसहित पुरस्कृत गर्न लागेको आयोजकले जनाएको छ।

‘भवानी मिश्र पुरस्कार’बाट साहित्यकार चूडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्वाङ र युद्धवीर राणा पुरस्कृत हुनेछन्।

‘साहित्य कलाश्री पुरस्कार’ निबन्धकार युवराज नयाँघरे र ‘तुलसादेवी न्यौपाने स्मृति पुरस्कार’ गायक सीताराम ताजपुरियालाई प्रदान गरिनेछ।

आगामी चैत २५ गते झापा दमकस्थित गोरखा डिपार्टमेन्ट सभाहलमा हुने कार्यक्रममा ३५ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १ चैत २०७९ १३:०७ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast