पशुपति क्षेत्रमा वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणा मंगलबार गरिने

हिमाल प्रेस ३० फागुन २०७९ ७:०३ | Tuesday, March 14, 2023
पशुपति क्षेत्रमा वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणा मंगलबार गरिने

काठमाडौँ- चैत्र कृष्ण अष्टमीका दिन मंगलबार पशुपतिका भट्टले उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दु : दु : च्याँ च्याँ भनिने जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा रहेको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

जात्रामा आमाको दूध खाने बालबालिका पनि हेर्न आउनु भनी निमन्त्रणा गरिने भएकाले दु : दु : च्याँ च्याँ भन्ने गरिएको हो। निमन्त्रणका लागि बागमती पारि बस्ने पशुपतिनाथका भट्ट श्रीरामकारान्तर भट्ट जानु भएका छन्।मुलुकमा शान्ति होस् भन्ने कामनाले लिच्छवीकालदेखि नै पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा चैत ४ गते शनिबार दिउँसो ४ बजेदेखि सुरु हुने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु हुने जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डंगोलले जानकारी दिए। जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिन्छ। पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिन्छ । बज्रेश्वरी जात्रा समापन हुने बित्तिकै वत्सलेश्वरीको जात्रा आरम्भ हुन्छ।

प्रकाशित: ३० फागुन २०७९ ७:०३ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast