मेट्रो सुपर मार्केटमा क्यूआरमार्फत भुक्तानी गर्दा छुट

हिमाल प्रेस २८ फागुन २०७९ २०:२६ | Sunday, March 12, 2023
मेट्रो सुपर मार्केटमा क्यूआरमार्फत भुक्तानी गर्दा छुट

काठमाडौँ- मेट्रो सुपर मार्केटमा क्यूआर कोडमार्फत भुक्तानी गर्दा छुट पाइने भएको छ। मेट्रो सुपर मार्केटको वार्षिकोत्सवको अवसरमा उक्त घोषणा गरिएको हो।

त्यसका लागि मेट्रो सुपर मार्केट र स्मार्ट च्वाईस टेक्नोलोजिजबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार मेट्रो सुपर मार्केटबाट खरिद गरेका वस्तु तथा सेवाको भुक्तानी क्यूआर कोडमार्फत गर्दा १० प्रतिशत वा बढीमा सय रुपैयाँ वा अफर अवधिमा कुल तीन सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ।

विद्युतीय कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको स्मार्ट च्वाईस टेक्नोलोजीले जानकारी दिएको छ। ‘स्मार्ट क्यूआरमा आबद्ध बैंक तथा वित्तीय संस्थाका ग्राहकले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २८ फागुन २०७९ २०:२६ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast