धनगढीमा सामसुङ स्मार्ट प्लाजाको शाखा सञ्चालन

हिमाल प्रेस २७ फागुन २०७९ १५:३९ | Saturday, March 11, 2023
धनगढीमा सामसुङ स्मार्ट प्लाजाको शाखा सञ्चालन

काठमाडौँ- कैलालीकाे धनगढीमा सामसुङ स्मार्ट प्लाजाको शाखा सञ्चालनमा आएको छ। नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सको सञ्जाल विस्तार गर्दै धनगढीमा शाखा सञ्चालनमा ल्याइएको हो।

हिम इलेक्ट्रोनिक्स अन्तर्गत कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले धनगढीको पुष्पलाल चोकमा शाखा सञ्चालनमा ल्याएको हो।

शाखाको उद्घाटन हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कलाधर ठाकुरले शाखा उद्घाटन गरेका हुन्। ठाकुर कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका सञ्चालक हुन्।

सामसुङ स्मार्ट प्लाजाले ग्राहकको माग र आवश्यकता अनुसार सेवा प्रदान गर्ने सञ्चालहरूको भनाइ छ। ‘ग्राहकले आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन्,’ उद्घाटनपछि जारी विज्ञप्तिमा उल्लेख छ।

ग्राहकको सुविधाका लागि हुलास फिन सर्भमार्फत किस्ता तिर्ने व्यवस्था समेत मिलाइएको सञ्चालकको भनाइ छ। धनगढीको सामसुङ स्मार्ट प्लाजाका सञ्चालक शिव शंकर ठाकुर हुन्।

प्रकाशित: २७ फागुन २०७९ १५:३९ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast