नबिल बैंकका कर्मचारीलाई सुरक्षासम्बन्धी तालिम

हिमाल प्रेस २७ फागुन २०७९ १५:१२ | Saturday, March 11, 2023
नबिल बैंकका कर्मचारीलाई सुरक्षासम्बन्धी तालिम

काठमाडौँ- नबिल बैंकले आफ्ना कर्मचारीहरूलाई कार्यस्थलमाह हुने हिंसा तथा उत्पीडनसम्बन्धी तालिम दिएको छ।
बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यस्थलमा हुन सक्ने हिंसा तथा उत्पीडनसम्बन्धी सचेतना गराउन तालिम दिइएको बताएको छ।

७० जना कर्मचारीहरूलाई ‘फाइटब्याक’ नामक संस्थाको सहकार्यमा तालिम दिइएको बैंकको भनाइ छ। उपत्यकाभित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइनमार्फत सहभागी हुने व्यवस्था मिलाइएको थियो।

कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागिता थियो। तालिमबाट कर्मचारीहरूलाई कार्यस्थल हिंसा तथा उत्पीडनलगायतका बारेमा जानकारी गराइएको बैंकको भनाइ छ। साथै हिंसा तथा उत्पीडन हुन नदिन सजग हुने र सहने तथा आत्मरक्षाबारे पनि जानकारी गराइएको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न तालिम दिइएको बताए। बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरू भविष्यमा पनि गर्ने बताएको छ।

प्रकाशित: २७ फागुन २०७९ १५:१२ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast