‘प्रेमा’ ट्रेलर : त्रिकोणात्मक प्रेम कथा

हिमाल प्रेस २६ फागुन २०७९ १६:१७ | Friday, March 10, 2023
‘प्रेमा’ ट्रेलर : त्रिकोणात्मक प्रेम कथा

काठमाडौँ- फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ ट्रेलरमा अटाएका छन्।

ट्रेलरको सुरुवातमा काठमाडौँमा शिवजीको मूर्ति देखाइएको छ। दृश्यले काल्पनिक काठमाडौँको कथालाई चित्रण गर्न खोजेको जस्तो देखिन्छ।

ट्रेलरमा कारभित्र रहेका अरुण र सृष्टिको दृश्य देखाइएको छ। घाइते अवस्थामा रहेका अरुणले शुभेक्षाको तस्बिर हेरेपछि ट्रेलरमा कथाको पृष्ठभूमि प्रस्तुत गरिएको छ।

ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई प्रस्ट रूपमा देख्न सकिन्छ। प्रेममा हुने विश्वास र धोकालाई प्रस्तुत गरेको छ।

काठमाडौँ, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा, सृष्टिबाहेक विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ।

निर्देशक भण्डारीले फिल्मको फस्र्ट लुक सार्वजनिक गर्दा फिल्मले त्रिकोणात्मक प्रेमकथा भन्ने बताएका थिए। उनको सो कुरालाई ट्रेलरले पुष्टि गरेको छ। फिल्म आगामी चैत १७ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: २६ फागुन २०७९ १६:१७ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast