एकल महिलाको कथा बोल्ने गीत ‘आफू गयौ नेटो काटी’

हिमाल प्रेस २६ फागुन २०७९ १५:०१ | Friday, March 10, 2023
एकल महिलाको कथा बोल्ने गीत ‘आफू गयौ नेटो काटी’

काठमाडौँ- गायिका अन्जु पन्तको स्वरमा ‘आफू गयौ नेटो काटी’ गीत सार्वजनिक भएको छ। राम लामा ‘अभिनाशी’को शब्द रहेको गीतमा शक्ति बल्लभले संगीत भरेका छन्।

आकाश अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा आकाशसहित उमा गिरी, इन्जिनियर दीपक भण्डारीको अभिनय छ।

उक्त भिडियोमा एकल महिलाको जीवनकथा समेटिएको छ। समग्रमा गीतले एकल महिलाप्रति समाजको दृष्टिकोणलाई परिवर्तन गर्न खोजेको छ।

गीतमा मनोहर सुनामको संगीत संयोजन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। गीत ‘द स्काइ मुभिज’ युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो।

प्रकाशित: २६ फागुन २०७९ १५:०१ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast