सांसदले बैठक छाड्न थालेपछि रिसाइन् उपसभामुख

हिमाल प्रेस १६ फागुन २०७९ १९:१६ | Tuesday, February 28, 2023
सांसदले बैठक छाड्न थालेपछि रिसाइन् उपसभामुख उपसभामुख इन्दिरा रानामगर।

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा बैठक छाडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले सांसदहरू प्रतिनिधिसभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

बैठकमा खालि सिट देखिन थालेको उनको भनाइ थियो। प्रतिनिधिसभा बैठक सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको उनले बताइन्। ‘तपाईहरू लाइभ हेर्नुहुन्छ होला। हाम्रो प्रतिनिधिसभामा कुनै बेला खालि खालि सिट हुन्छ’ उनले भनिन्, ‘मलाई दुःख लाग्छ। घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ। मलाई त प्रेसर पनि आइसक्यो। अस्तिसम्म त प्रेसर पनि थिएन।’

आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने तर प्रतिनिधिसभामा सांसद अनुपस्थित हुँदा जनतालाई के जवाफ दिने भन्दै प्रश्न गरिन्। उपसभामुख रानाले संसदमा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन्।

प्रकाशित: १६ फागुन २०७९ १९:१६ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast