‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ सम्बन्धमा छलफल

हिमाल प्रेस १४ फागुन २०७९ २०:३८ | Sunday, February 26, 2023
‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ सम्बन्धमा छलफल

काठमाडौँ- ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको हो।

प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न कार्यक्रममा सहभागीहरूले मातृभाषा पत्रकारिता विकासका लागि प्रेस काउन्सिल, नेपाल आदिवासी पत्रकार महासंघका साथै मातृभाषी पत्रकारहरूका संघसंस्था एकजुट भई अगाडि बढ्नुपर्ने बताएका छन्।

कार्यक्रम पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघया संस्थापक अध्यक्ष सत्यनारायण् बहादुर श्रेष्ठको तस्बिरमा मालार्पण गरी सुरु गरिएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार सुरेश मानन्धरले भाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता र सञ्चारमाध्यमको विशेष भूमिका रहने बताए।

मातृभाषा पत्रकारिका विकासको लागि राज्यस्तरबाट सहयोग जुटाउन काउन्सिलले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। उनले काउन्सिलले मातृभाषी सञ्चारमाध्यमलाई मात्र हेर्न अलग्गै विभाग खडा गरेर काम गर्नुपर्ने सुझाव पनि दिए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषा पत्रकारिता विकासका लागि सहजीकरण गर्न काउन्सिल तयार रहेको बताए।

प्रकाशित: १४ फागुन २०७९ २०:३८ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast