‘जय हो’सँग जोडिइन् निशा

हिमाल प्रेस १४ फागुन २०७९ १३:१३ | Sunday, February 26, 2023
‘जय हो’सँग जोडिइन् निशा

काठमाडौँ- फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी भित्रिएकी छन्। फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्धित भएकी हुन्। निशा फिल्मसँग जोडिएको जानकारी शोभित बस्नेतले सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमा निशासँग लिखित सहमति गरेको तस्बिर साझा गर्दै स्ट्याटस लेखेका छन्, ‘जय हो मा निशा अधिकारी, मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।’

निशाले मोडलिङबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले फिल्म ‘मिसन पैसा’बाट अभिनयमा डेब्यु गरेकी थिइन्। ‘मायाज बार’, ‘अपवाद’, ‘सुनगाभा’लगायत फिल्ममा उनले काम गरेकी छन्। बिहेपछि अभिनयबाट टाढिएकी निशा गत साउनमा फिल्म ‘म’बाट पर्दामा फर्किएकी हुन्। त्यसयता फिल्म ‘आँखा’का छायांकनमा व्यस्त उनी अहिले ‘जय हो’सँग जोडिएकी छन्।

यसअघि फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा र माओत्से गुरुङ जोडिइसकेका छन्। टेक पौरखी राईको निर्देशन रहने फिल्मको फागुन २५ देखि छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन मुस्ताङ र पोखरामा गरिनेछ।

प्रकाशित: १४ फागुन २०७९ १३:१३ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast