काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न जसपाले साँझ ६ बजेका लागि बैठक डाकेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ।
राष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ। जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आइरहेको छ।
आजै साँझ पाँच बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक फेरि बस्दैछ। यी दलका शीर्ष नेता आज बिहान पनि छलफलमा जुटेका थिए।
साँझको बैठकलाई निर्णायक बैठक भनिएको छ।
प्रकाशित: १२ फागुन २०७९ १५:१९ | Friday, February 24, 2023
प्रतिक्रिया





