काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला गरेको छ।
विश्वविद्यालयले सूचना जारी गर्दै २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक ३० (सन् २०२१ सेप्टेम्बर १७ देखि सन् २०२२ नोभेम्बर १६) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीकालागि आवेदन खुला गरेको हो।
विद्यार्थीले सुदूरपश्चिम विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, महेन्द्रनगर, कञ्चनपुर र तोकिएका क्याम्पसमा फागुन ९ गते मंगलबारदेखि चैत ९ गते बिहिबार सम्ममा आवेदन दिनुपर्ने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित: ९ फागुन २०७९ १८:३७ | Tuesday, February 21, 2023
प्रतिक्रिया





