तीनदिने ‘कर्णाली उत्सव’ सुरु

हिमाल प्रेस ५ फागुन २०७९ ११:५३ | Friday, February 17, 2023
तीनदिने ‘कर्णाली उत्सव’ सुरु

काठमाडौँ- चौथो संस्करणको ‘कर्णाली उत्सव ः कुडा कर्नालीका’ आजदेखि सुरु भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा हुने उत्सव फागुन ७ सम्म चल्नेछ।

उत्सवमा गन्थन, मन्थन र चिन्तनबारे बहस हुनेछ। कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको आयोजक ऋति फाउन्डेसनले बताएको छ। उत्सवमा १६ भन्दा बढी सत्र हुनेछन्। जसमा ६० भन्दा बढी वक्ताले बोल्ने कार्यक्रम रहेको छ।

कर्णालीको आर्थिक, सामाजिक रूपान्तरणका लागि बृहत् छलफल हुने आयोजकले जनाएको छ। उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेका अनुसार संघीयताको मर्म, छाउ र भाउ, कर्णालीको खस भाषा र संस्कृति, काला पहाडका तोडा, कर्णालीको पहिचानका विषयमा बहस गरिनेछ।

प्रकाशित: ५ फागुन २०७९ ११:५३ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast