सिंहदरबारमा यातायात व्यवसायी र सरकारबीच वार्ता

हिमाल प्रेस २ फागुन २०७९ ९:४७ | Tuesday, February 14, 2023
सिंहदरबारमा यातायात व्यवसायी र सरकारबीच वार्ता

काठमाडौँ- सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता सुरु गरेको छ। वार्ता सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सुरु भएको हो।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज मंगलबार वार्ताको लागि यातायात मजदुर र व्यवसायीहरूलाई मन्त्रालयमा बोलाएका हुन्।

सार्वजनिक सवारीलाई ट्राफिक प्रहरीले सवारी नियमका नाममा ज्यादती गरेको भन्दै यातायात व्यवसायीहरू आन्दोलित बनेका छन्। यसकै विरोधमा मंगलबार उपत्यकामा सवारीसाधन पनि  चलाएका छैनन्।

प्रकाशित: २ फागुन २०७९ ९:४७ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast