तस्बिर : एआई
काठमाडौँ- पोखराबाट चोरी भएको स्कुटरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ खहरे बस्ने २० वर्षीय सञ्जय परियार र पोखरा ८ जाल्पारोड बस्ने २१ वर्षीय सजित भित्रकोटी छन् ।
गत मंसिर ४ गते पोखरा महानगरपालिका ५ मालेपाटनबाट ग १४ प ५४८५ नम्बरको स्कुटर हराएको भन्दै सोम माया राईले खोजतलासका लागि प्रहरीमा निवेदन दिएकी थिइन् । खोजीका क्रममा प्रहरीले पोखरा ९ तुल्सीघाटमा रहेको सृष्टिदृष्टि वर्कसपमा मर्मत गर्दै गरेको अवस्थामा फेला पारेको हो ।
स्कुटरसँगै चोरीमा संलग्न परियार र भित्रकोटीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाएको कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित: ११ मंसिर २०८३ ९:०६ | Friday, November 27, 2026
प्रतिक्रिया



