प्रिमियर लिग : फुलहमसँगै बराबरीमा रोकियो सिटी

हिमाल प्रेस ६ मंसिर २०८३ ९:०३ | Sunday, November 22, 2026
प्रिमियर लिग : फुलहमसँगै बराबरीमा रोकियो सिटी

काठमाडौँ- म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा फुलहमसँगै बराबरीमा रोकिएको छ। शनिबार दुई टोलीबीच एकएक गोल भएपछि अंक बाँड्नु परेको हो।

सिटीले तालिकामा दोस्रो स्थानको ब्राइटनसँग अंक दूरी घटाएको छ । टोलीले ११ खेलबाट २२ अंक जोडेको छ । तर, टोलीले ब्राइटनसँग समान अंक बनाए पनि गोल अन्तरको आधारमा पछाडि छ ।

फुलहमले भने रेलिगेसन जोनबाट दूरी बढाएको छ । टोली ११ अंकका साथ १५औँ स्थानमा उक्लिएको हो । फुलहमले समान ११ अंक बनाएको इप्स्विच टाउनलाई गोल अन्तरको आधारमा पछाडि पारेको हो ।

खेलमा फुलहमले पहिलो हाफमै अग्रता लिएको थियो । १६औँ मिनेटमा रोड्रिगो म्युनिजले फुलहमलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता टोलीले सम्हालिन नसक्दा दोस्रो हाफको मध्याह्नमै गुमायो ।

सिटीले ५७औँ मिनेटमा बराबरी गरेको थियो । ५७औँ मिनेटमा सिटीका निम्ति इलियोट एन्डर्सनले बराबरी गोल फर्काएका थिए ।

प्रकाशित: ६ मंसिर २०८३ ९:०३ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast