जनकपुरका १७ वर्षीय राहुल यादव एनपीएल ३ को ‘इमर्जिङ प्लेयर’ घोषित, जिते मोटरसाइकल

हिमाल प्रेस ६ मंसिर २०८३ ८:३४ | Sunday, November 22, 2026
जनकपुरका १७ वर्षीय राहुल यादव एनपीएल ३ को ‘इमर्जिङ प्लेयर’ घोषित, जिते मोटरसाइकल

काठमाडौँ- जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको ‘इमर्जिङ प्लेयर’ घोषित भएका छन् । शनिबार (मंसिर ) राहुललाई तेस्रो सिजनको इमर्जिङ प्लेयर घोषित गरिएको हो । उनले पुरस्कारस्वरूप एउटा मोटरसाइकल प्राप्त गरे।

यसअघि कुनै पनि घरेलु प्रतियोगितामा उपस्थिति नजनाएका राहुल यस सिजन सबैको ध्यान तान्न सफल भए । ट्यालेन्ट हन्टबाट टिममा परेका उनीले उत्कृष्ट बलिङ गरे ।

उनी यस सिजनका सर्वाधिक विकेतकर्ताको शीर्ष पाँचमा छन् । १२ विकेटसहित उनी चौथो स्थानमा रहे ।

‘डेब्यु’ खेलमै कर्णाली याक्सविरुद्ध दुई विकेट लिएका थिए । लिग चरणको उक्त खेलमा उनले दुई विकेटका निम्ति १५ रन खर्चंदै उत्कृष्ट बलिङको नमुना पेस गरेका थिए ।

त्यसपछि उनले काठमाण्डू गोर्खाविरुद्ध चार विकेट लिएका थिए । त्यसमा उनी ‘प्लेयर अफ द म्याच’ पनि भएका थिए । उनको टोली समूह चरणमै सीमित भएको थियो ।

प्रकाशित: ६ मंसिर २०८३ ८:३४ | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast