धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दै, निर्माणका लागि खुल्यो टेन्डर

हिमाल प्रेस ५ मंसिर २०८३ १३:४७ | Saturday, November 21, 2026
धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दै, निर्माणका लागि खुल्यो टेन्डर

काठमाडौँ- धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अगाडि बढेको छ। ड्रिम फाप्ला अभियान सञ्चालन भएको एक दशकपछि नेपाल सरकारले यो रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजना अन्तर्गत क्रिकेट रङ्गशाला निर्माणका लागि मंसिर ४ गते ४५ लाख रुपियाँको बोलपत्र आह्वान गरिएको छ। क्रिकेटको सहर धनगढीस्थित बोराडाँडीमा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ । ठेक्का आह्वानसँगै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणको सपनामा विपनामा परिणत हुन लागेको ड्रिम फाप्ला अभियानका अभियन्ता सुवास शाहीले बताए।

उनले बोलपत्र आह्वान हुनु वर्षौदेखिको सपना, संघर्ष र धैर्यताको उपलब्धि रहेको उल्लेख गरे।

र्थिक वर्ष २०७२र७३ को संघीय बजेटमा फाप्ला रंगशाला निर्माणको विषयले प्रवेश पाए पनि जग्गा प्राप्ति नभएका कारण अन्य प्रशासनिक कार्यले गति लिन सकेको थिएन ।

२४ माघ २०७८ मा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि २६ वैशाख २०७९ मा नेपाल राजपत्रमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन आदेश प्रकाशित भएको थियो। सोही वर्ष जग्गा प्राप्ति भएको थियो ।

यस्तै, सोही वर्ष २३ जेठमा सरकारले अभियानका नेतृत्वकर्ता सुवास शाहीलाई विकास समितिको अध्यक्षमा मनोनीत गरेको थियो । विकास समिति गठनपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तथा आयोजनालाई राष्ट्रिय आयोजना बैंकमा समावेश गर्नेलगायतका प्रक्रिया अघि बढाइएका थिए ।

यससँगै संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत फाप्लामै कम्तीमा दुई हजार दर्शक क्षमताको इन्डोर रंगशाला निर्माण गर्ने विषय पनि समेटेको छ ।

प्रकाशित: ५ मंसिर २०८३ १३:४७ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast