सरकारले नागरिकको विश्वास गुमाउँदै गएको छ : महामन्त्री पौडेल

हिमाल प्रेस २९ कार्तिक २०८३ १६:४० | Sunday, November 15, 2026
12
SHARES
सरकारले नागरिकको विश्वास गुमाउँदै गएको छ : महामन्त्री पौडेल

स्याङ्जा- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकको विश्वास जित्न नसकेको आरोप लगाएका छन्। उनले सरकार नागरिकका अपेक्षाअनुसार काम गर्न असफल हुँदै गएको र लोकतान्त्रिक मूल्य, मान्यता तथा विधिको शासनप्रति समेत कमजोर देखिएको बताएका छन्।

आइतबार नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोशी बाढी प्रभावितको समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको टिप्पणी गरे। ‘सरकार नागरिकको विश्वास गुमाउँदै गएको छ,’ पौडेलले भने।

उनले नागरिकको विश्वास जित्नुपर्ने सरकार उल्टै लोकतान्त्रिक मूल्य र मान्यता कमजोर बनाउने दिशामा अघि बढेको आरोप लगाए। निर्वाचन जित्दैमा कानुन मिच्ने अधिकार प्राप्त नहुने उल्लेख गर्दै उनले सरकारलाई लोकतान्त्रिक अभ्यास, विधिको शासन र कानुनी व्यवस्थाको सम्मान गर्न आग्रह गरे।

महामन्त्री पौडेलले कानुनी प्रक्रियाको नाममा नागरिकलाई तर्साउने र त्रसित बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए। कांग्रेस रहेसम्म लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि कसैले अंकुश लगाउन नसक्ने उनको भनाइ थियो।

प्रकाशित: २९ कार्तिक २०८३ १६:४० | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast