गोरखाको धार्चेमा खस्यो भीषण सुक्खा पहिरो

हिमाल प्रेस २८ कार्तिक २०८३ ११:१६ | Saturday, November 14, 2026
गोरखाको धार्चेमा खस्यो भीषण सुक्खा पहिरो

काठमाडौँ- गोरखाको धार्चे गाउँपालिकास्थित धार्चेमा भीषण सुक्खा पहिरो गएको छ। आज बिहान लगभग ७ बजेको समयमा बूढीगण्डकी नदीभन्दा माथिल्लो भागमा पहिरो गएको हो। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको भए पनि हालसम्म मानवीय क्षति भएको छैन।

‘क्षति छैन। अलि तल एउटा घर थियो, त्यो पनि सरेको भएर हालसम्म क्षति भएको छैन।’ उनले भने। बिहानको समयमा एकाएक ठूलो आवाज र धुँवा आएपछि स्थानीयले पहिरो गएको थाहा पाएका थिए। पालिका अध्यक्ष गुरुङका अनुसार निकै ठूलो भूभागमा पहिरो गएको छ।

‘बूढी गण्डकी नजिकै हो। अहिलेसम्म खोला थुनिएको छैन,’ उनी भन्छन्,‘यदि थुनियो भने चाहिँ समस्या हुन्छ।

प्रकाशित: २८ कार्तिक २०८३ ११:१६ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast