भक्तपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

हिमाल प्रेस १९ कार्तिक २०८३ १२:५८ | Thursday, November 5, 2026
भक्तपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा बिहीबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग. प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले मनोहरातर्फ जाँदै गरेको बा। प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको हो। दुवै सवारीसाधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीवृत्त थिमीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: १९ कार्तिक २०८३ १२:५८ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast