काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य हरिप्रसाद गौतमले पार्टी परित्याग गरेका छन्। उनले राप्रपालाई परिस्कृत गर्दै नवीन राप्रपा बनाउन सम्भव नदेखिएकाले पार्टी छाडेको बताएका छन्। उनले राप्रपा नेताहरू सत्ता र पदको लोलुप्तामा रहेको र एजेण्डा र सिद्धान्त विपरीत काम भइरहेका कारण पार्टी छाडेको बताएका हुन्।
‘वैकल्पिक राजनिती को सुरुवाती दिन देखि एक दशकको सक्रिय राजनीतिमा रहि विभिन्न जिम्मेवारी, पदमा (टोल इकाईदेखि केन्द्रीय सदस्यसम्मं रहि राजनीतिको गहिराईसम्म पुग्दै गर्दा सिकेका राजनैतिक पाठ,अनुभव सहित देश र राजनीति बुझ्ने अवसरबाट अझ खारिदै सुसंस्कृत राजनीतिमार्फत विधिको शासन,राष्ट्रसेवा र समाजसेवामा लागिपर्ने नै छु।’
प्रेस विज्ञप्ति: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग पूर्णरूपमा अलग भएकोबारे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य लगायत सबै जिम्मेवारी परित्याग गर्दै साधारण सदस्यसमेत नरहने गरी आजकै मितिबाट लागु हुने गरि राजिनामा गरेकाे छु।
सुसंस्कृत र ईमानकाे राजनीति गर्दै नवीन राप्रपाकाे अबधारणा मार्फत कल्याकारी लाेकतन्त्र मार्फत बिधिकाे शासन सम्म पुग्ने लक्ष्य लिएर राप्रपामा जाेडिन पुग्याै,सम्भव भए सम्म प्रयास पनि गर्याै तर राप्रपाकाे नेतृत्वबाट सधै उपेक्षा गरियाे, कुकुरकाे पुच्छर ढुङग्राेमा राखेकाे भए बरु सिधा हुने थियाे हाेला तर राप्रपालाई परिस्कृत गर्दै नवीन राप्रपा बनाउन सम्भब देखिएन।
सत्ता र पदकाे लाेलुप्ता,ऐजेण्डा र सिद्धान्त विपरित काम,शिर्ष नेतृत्वहरुकाे सधैकाे टकराब,एकले अर्काेलाई भित्तामा पुर्याईदिने फाेहरी र प्रतिशाेध युक्त खेल साथै पार्टीकाे लागि बर्षाै बर्ष काम गरेका ईमानदार सदस्यहरु प्रतिकाे बेईमानीले पार्टीकाे तल्लाे तहमा सधैेकाे निरासा दियाे,अनि कसरी बन्छ नवीन राप्रपा?
बैकल्पिक राजनिती काे शुरुवाती दिन देखि एक दशककाे सक्रिय राजनीतिमा रहि विभिन्न जिम्मेवारी/पदमा(टाेल ईकाई देखि केन्द्रीय सदस्यसम्म) रहि राजनीतिकाे गहिराईसम्म पुग्दै गर्दा सिकेका राजनैतिक पाठ,अनुभव सहित देश र राजनीति बुझ्ने अवसरबाट अझ खारिदै सुसंस्कृत राजनिती मार्फत विधिकाे शासन,राष्ट्रसेवा र समाजसेवामा लागिपर्ने नै छु।
पार्टीमा रहदा सहयोग, शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने नेता, सदस्य र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
सधन्यवाद,
हरिप्रसाद गाैतम
प्रकाशित: १९ कार्तिक २०८३ ११:२७ | Thursday, November 5, 2026
प्रतिक्रिया



