काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।
सोमबारकै दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दिन–रातमा खेलाइने उक्त खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ।
एनपीएलको १०औँ खेलमा कर्णाली र काठमाडौं आमनेसामने हुँदा दोस्रो खेल ११औँ खेल हुनेछ। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
प्रकाशित: १६ कार्तिक २०८३ ७:१४ | Monday, November 2, 2026
प्रतिक्रिया



