अनसररत डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

हिमाल प्रेस १५ कार्तिक २०८३ १९:२९ | Sunday, November 1, 2026
14
SHARES
अनसररत डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ– चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका वरिष्ठ चिकित्सक प्राडा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

सोमबार उनलाई जिल्ला अस्पताल इलाममा भर्ना गरिएको हो।

हिजो कात्तिक १४ गते राति करिब ८ अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कमी रहेको, पिसाबमा ‘एसिटोन’को मात्रा बढेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार केसी ‘टाइप टु डाइबिटिज मेलिटस’ का बिरामी हुन्।

पूर्वाधारबिनै चिकित्सा शिक्षा पढाउन अनुमति दिएको विरोधमा केसीले कात्तिक १३ गतेदेखि २५औँ सत्याग्रह सुरु गरेका थिए। स्वार्थको द्वन्द्व देखिने निर्णयहरू खारेज गर्नुपर्ने उनको माग छ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएसमा मात्रै ११० सिट बढाएको छ। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५०, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट वृद्धि गर्ने निर्णय गरेपछि डा केसीले विरोध गरेका थिए। उनले सेनाको प्रतिष्ठानमा बढाइएको सिट तत्काल फिर्ता गर्न माग राखेका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ १९:२९ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast