सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राखिने

हिमाल प्रेस २९ माघ २०७९ १३:५५ | Sunday, February 12, 2023
सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राखिने

काठमाडौँ- सरकारले विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि ‘हेल्प डेस्क’ राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै दूतावासमा ‘हेल्प डेस्क’ राख्ने निर्णय गरेको हो।

माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीले अनेकौँ झमेला र सास्ती भोग्नुपरेकाले त्यस्तो समस्या सम्बोधनका लागि ‘डेस्क’ राख्न निर्देशन दिएका थिए।

गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवं कामदारको समस्या सम्बोधन गर्न छुट्टै ‘डेस्क’ राख्ने निर्णय गरेको हो।

मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले ‘डेस्क’ले श्रमिकको पेशागत हकहित, सुरक्षा र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताए।

त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानाका लागि समन्वय गर्न छुट्टै ‘डेडिकेटेड फोकल प्वाइन्ट’ तोक्ने निर्णय भएको छ।

यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २९ माघ २०७९ १३:५५ | Sunday, February 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast