काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले ‘प्रणय दिवस विशेष योजना’ ल्याएको छ।
यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलोपटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको हो।
माघ २८ मा सुरु भएर फागुन १ सम्म सञ्चालन हुने योजनाअन्तर्गत पहिलोपटक डिजिटल कारोबार गर्ने ग्राहकले १४ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ।
यसका साथै पहिलो पटक डिजिटल कारोबार गर्नेमध्ये २० जना ग्राहकले फागुन २ तारे होटलमा आफ्नो साथीसँग डिनरको अवसर पाउनेछन्।
प्रकाशित: २९ माघ २०७९ १२:३५ | Sunday, February 12, 2023
प्रतिक्रिया



