चर्को विरोधपछि छुटे विश्वमणि, अरू पत्रकार पनि रिहा भएको सञ्चारमन्त्रीको दाबी

हिमाल प्रेस १३ कार्तिक २०८३ २०:३९ | Friday, October 30, 2026
12
SHARES
चर्को विरोधपछि छुटे विश्वमणि, अरू पत्रकार पनि रिहा भएको सञ्चारमन्त्रीको दाबी

काठमाडौँ– सामाजिक सञ्जाललमा चर्को विरोध र प्रधानमन्त्री वालेन्द्र शाह `बालेन´को समेत निर्देशनपछि पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्। समाचार कक्षबाटै पक्राउ गरिएका पत्रकार सुवेदीलाई प्रहरीले केही बेरअघि रिहा गरेको हो।

सूचनाको स्रोत पत्ता लगाउने भन्दै सादा पाेसाकमा पत्रकार कार्यरत सञ्चार संस्था नेपाल प्रेस डटकमको कार्यालयमा पुगेको प्रहरी टोलीले पत्रकार सुवेदीलाई पक्राउ गरेको थियो।

पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेको थियो।

यस्तै, डिएनए खबरका पत्रकार धिरज बस्नेत र मोटिभ अनलाइनका पत्रकार शोभराज बराललाई पनि पक्राउ गरिएको थियो।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्। उनीहरूलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो। राजनीतिक दलका नेता देखि अभिन्यतासम्मले विरोध गरेका थिए। चौतर्फी विरोधपछि उनीहरू छटेको स्रोतको दाबी छ।

प्रकाशित: १३ कार्तिक २०८३ २०:३९ | Friday, October 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast