एम्बाप्पेले मागे माफी

हिमाल प्रेस ११ कार्तिक २०८३ १०:२३ | Wednesday, October 28, 2026
6
SHARES
एम्बाप्पेले मागे माफी

फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका दिवंगत नेता माओत्से तुङबारे गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन्। उनको टिप्पणीप्रति चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान्डले उनीसँगको व्यावसायिक साझेदारीसमेत अन्त्य गरेका छन्।

रियल मड्रिडका फरवार्ड एम्बाप्पेले फ्रान्सेली टक शो ‘द ब्रिज’ मा कुराकानी गर्ने क्रममा आफूलाई सबैभन्दा हँसाउने इन्टरनेट मिमबारे चर्चा गरेका थिए। त्यस क्रममा उनले एउटा भिडियोलाई ‘चिनियाँ तानाशाह’सँग जोड्दै हाँसेको दृश्य सार्वजनिक भएपछि विवाद सुरु भएको हो। मिममा माओजस्तो देखिने तस्बिरमा एम्बाप्पेको अनुहार जोडिएको थियो।

फुटबलमा एम्बाप्पेको ठूलो प्रभावलाई व्यङ्ग्य गर्दै उनलाई ‘तानाशाह’ भन्ने गरिएको प्रसंगसँग मिम जोडिएको बताइएको छ। ‘मेरो टिप्पणी उचित थिएन। त्यसले चीनका धेरै मानिस र विश्वभर रहेका चिनियाँ समुदायलाई चोट पु¥याएको मैले अहिले बुझेको छु,’ एम्बाप्पेले वक्तव्यमार्फत भनेका छन्, ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग माफी माग्छु।’ स्पेनिस ला लिगाले पनि चिनियाँ समर्थकमा एम्बाप्पेको टिप्पणीले पु¥याएको चोटप्रति दुःख व्यक्त गर्दै माफी मागेको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १०:२३ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast