चीन भ्रमण सकेर स्वदेश आइपुगिइन् विद्या

हिमाल प्रेस ९ कार्तिक २०८३ १८:३३ | Monday, October 26, 2026
6
SHARES
चीन भ्रमण सकेर स्वदेश आइपुगिइन् विद्या

काठमाडौँ– पूर्वराष्ट्रपति  तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन्।

वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन्। अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन्।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए।

फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा भएको थियो। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू भ्रमणमा भन्दा पनि सम्मेलनमा सहभागि हुने गएको बताइन्।

‘सबै कुरा सञ्चारमाध्यममा आइ सकेको नै छ। यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो। त्यसमा भाग लिन म गएको हो। अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ। चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ,’ उनले भनिन्।

एमाले वरिष्ठ नेता भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।

प्रकाशित: ९ कार्तिक २०८३ १८:३३ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast