कांग्रेसले ०३४ सालदेखि गरेको काजाग्रत चियापान यसपटक स्थगित

हिमाल प्रेस ८ कार्तिक २०८३ ६:३२ | Sunday, October 25, 2026
6
SHARES
कांग्रेसले ०३४ सालदेखि गरेको काजाग्रत चियापान यसपटक स्थगित

काठमाडौँ– नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ ।

बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको कांग्रेसले यस वर्ष प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै चियापान कार्यक्रम आयोजना नगरेको हो ।
‘भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बूढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ । यस्तो दु:खद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने…,’ कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते नै विज्ञप्ति जारी गर्दै भनेका थिए ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरेका थिए । त्यसपछि कांग्रेसले हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको थियो ।

 

प्रकाशित: ८ कार्तिक २०८३ ६:३२ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast