फाइल तस्बिर : एपी
काठमाडौँ- पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा अज्ञात हतियारधारी समूहले २० प्रहरीलाई अपहरण गरेका छन्।
कलातबाट नोस्कीतर्फ जाँदै गरेको अवस्थामा बाटोमा घेराबन्दी गरी उनीहरूको अपहरण भएको हो।
यसका साथै किला अब्दुल्ला जिल्लामा रहेको एक खाली प्रहरी चौकीमा समेत आक्रमण भएको छ।
सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अपहरणमा परेका सबै प्रहरी कलातस्थित प्रहरी तालिम केन्द्रमा प्रशिक्षण लिइरहेका थिए र बिदा लिएर एक निजी भ्यानबाट आफ्नो घरतर्फ गइरहेका थिए।
हतियारधारी समूहले भ्यानलाई जबर्जस्ती रोकेर प्रहरीहरूलाई नियन्त्रणमा लिएका थिए। हतियारधारी समूहले भने भ्यानका चालक र अन्य दुई तीन जना सर्वसाधारणलाई केही दूरीमा लगेर छाडिदिएका थिए।
पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तान अशान्त क्षेत्र मानिन्छ।




