विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ

हिमाल प्रेस ३१ असोज २०८३ १४:२८ | Saturday, October 17, 2026
8
SHARES
विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ

पोखरा- बडादसैँको फूलपातीका अवसरमा शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा फूलपाती बढाइँ गरिएको छ।

पोखराको चिप्लेढुंगाबाट सैनिक प्रहरीको ब्याण्ड बाजागाजासहित सुरु भएको फूलबाती बढाइँमा विभिन्न कोटबाट ल्याइएका फूलपातीका लावाँलस्करले बजार परिक्रमा गर्दै मन्दिर पुगेको हो। फूलपाती बढाइँ हेर्न स्थानीयसहित मन्दिरका भक्तजनको ठूलो उपस्थिति थियो।

स्थानीयले ठाउँठाउँमा जलघडा राखेर फूलपाती बढाइँको स्वागत गरे।

विगतको परम्परालाई निरन्तरता दिंदै कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको प्रमुख उपस्थितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवान तथा अन्य सर्वसाधारणको सहभागिता थियो।

सो अवसरमा प्रजिअ गुरुङसहित नेपाली सेनाका फूलबारी ब्यारेकका प्रमुख राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर सिंहले विन्ध्यवासिनी मन्दिरमा पूजा गर्नुका साथै नवदुर्गा भगवतीहरुमा ४ वटै सुरक्षा निकायको तर्फबाट सलामी अर्पण गरिएको थियो।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि नवमीसम्म विन्ध्यवासिनी नवदुर्गा महोत्सव सञ्चालन गरिरहेको छ। महोत्सवमा उल्लेख्य रुपमा भक्तजनको सहभागिता रहेको समितिका अध्यक्ष वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ३१ असोज २०८३ १४:२८ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast