सहमहामन्त्रीमा आचार्य निर्वाचित

हिमाल प्रेस ३० असोज २०८३ ७:०६ | Friday, October 16, 2026
12
SHARES
सहमहामन्त्रीमा आचार्य निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य निर्वाचित भएका छन्।

आचार्यले निकटतम् प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीलाई चार सय ९३ मतान्तरले पराजित गरेका हुन्।

आचार्यले दुई हजार ६ सय ४८ मत प्राप्त गर्दा केसीले दुई हजार एक सय ५५ मत पाएका छन्।

दिनेश कोइरालाले एक हजार दुई ४६ र भूमिराज बस्नेतले पाँच सय ३५ मत प्राप्त गरेका छन्।

रोल्पाका आचार्य नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता हुन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यको उम्मेदवार रहेका उनी निकटतम प्रतिद्वन्द्वीमा सीमित रहेका थिए। ३५ जना निर्वाचित हुनुपर्ने पदमा उनी ३६ औँ नम्बरमा परेका थिए। यसपटक भने उनी सहमहामन्त्री बन्न सफल भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast