२७ सय रुपैयाँले घट्यो सुनको भाउ

हिमाल प्रेस २८ असोज २०८३ ११:०६ | Wednesday, October 14, 2026
18
SHARES
२७ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौँ- सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलामा २ हजार २ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २८ असोज २०८३ ११:०६ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast