काठमाडौँ- इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रु पाँच लाख पाँच हजार आर्थिक सहयोग गरेका छन्।
कलेजका बिएचएम र बिटिटिएम संकायमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन समूहले उक्त सहयोग गरेको हुन्। उक्त रकम आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको छ।
प्रकाशित: २६ असोज २०८३ १७:३६ | Monday, October 12, 2026
प्रतिक्रिया




