काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मतगणना अहिले पार्टी कार्यालय सानेपामा जारी छ। अहिले उपसभापति र महामन्त्री पदको गणना भइरहेको हो।
पछिल्लो अपडेटअनुसार उदयशमशेर राणाले अम्मरसिंह पुनलाई अग्रता लिएका छन्। सुरुवातबाटै पहिलोमा प्रदीप पौडेल र दोस्रोमा अम्मरसिंह पुन थिए। तर अहिले अम्मरसिंह पुनलाई पछि पार्दै उदय दोस्रोमा पुगेका छन्।
पछिल्लो परिणामअनुसार राणाले ८२३ मत पाएका छन् ।
यस्तै पुनले ७०७ मत पुर्याएका छन् । पहिलो स्थानमा भने प्रदीप पौडेल छन् । उनले १ हजार ४३८ मत पाएका छन् । यस्तै सुनिल शर्माले ५५६ मत पाएका छन् ।
कांग्रेस विधानअनुसार खुलातर्फ २ महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
प्रकाशित: २५ असोज २०८३ १२:२९ | Sunday, October 11, 2026
प्रतिक्रिया



