काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्री पदको मतगणना अहिले पार्टी मुख्यालय सानेपामा जारी छ। हालसम्म खुलातर्फका दुई महामन्त्री पदमा निवर्तमान महामन्त्री प्रदीप पौडेल र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगर अगाडि छन्।
हालको स्थितिमा प्रदीपले तीब्र अग्रता लिएका छन्। उनले ७८८ मत प्राप्त गर्दा अमरले ४७८ मत ल्याएका छन्। यसपछि निर्वतमान सहमहामन्त्री उदयशमशेर राणाले ४५६ मत, सुनिल शर्मा ३२५ मत, गुरुराज घिमिरे १९७ मत, नैनसिंह महर १४८ मत, शंकर तिवारी २० र युवा उम्मेदवार सन्तोष उपाध्यायको १८ मत छ। मतगणना जारी छ।
प्रकाशित: २५ असोज २०८३ ८:४१ | Sunday, October 11, 2026
प्रतिक्रिया



