कांग्रेस महामन्त्रीमा डिलासँग पछि परिन् डिना, कति कति छ मत?

हिमाल प्रेस २५ असोज २०८३ ८:३२ | Sunday, October 11, 2026
26
SHARES
कांग्रेस महामन्त्रीमा डिलासँग पछि परिन् डिना, कति कति छ मत? का‌ग्रेस महिला महामन्त्रीका दुई प्रतिस्पर्धा, डिला संग्रोला बायाँ, डिना उपाध्यक्ष दायाँ।

काठमाडौँ- नेपाली कांग्रेसको महिला एक महामन्त्रीमा दुई उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ। सोही पदमा डा. डिला संग्रौलाले ५८३ मत ल्याएर अग्रता कायम गर्दा महालक्ष्मी उपाध्याय डिनाले ५५७ मत ल्याएर पछ्याइरहेकी छन्। रीता खनालले १५३ मत ल्याएकी छन्।

निवर्तमान सहमहामन्त्री डिलाले ४४ प्रतिशत मत ल्याउँदा पूर्वसहमहामन्त्री ४२ प्रतिशत मत ल्याएकी छन्।

मतगणनाको सुरुवातबाटै डिला अगाडि छन्। मतगणना जारी छ। हालसम्म १३ सय ३० मत गणना सकिएको छ।

प्रकाशित: २५ असोज २०८३ ८:३२ | Sunday, October 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast