पोखरामा स्कुल बस दुर्घटनामा मृतकको खुल्यो पहिचान

हिमाल प्रेस २३ असोज २०८३ १२:१७ | Friday, October 9, 2026
16
SHARES
पोखरामा स्कुल बस दुर्घटनामा मृतकको खुल्यो पहिचान

पोखरा- पोखरामा भएको बस दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ। पोखरा-२८ कालिका, सेरामा शुक्रबार बिहान दुर्घटनामा परी ४ जना विद्यार्थी र १ जना सर्वसाधारणको ज्यान गएको हो।

कास्कीको माझठानादेखि कालिका बोर्डिङ, पोखरा २८ का विद्यार्थी बोकेर आउँदै गरेको बस बिहान साढे ६ बजे दुर्घटना भएको थियो। बसमा १९ जना सवार थिए। घाइते उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज पठाइएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकामध्ये विद्यार्थीहरू १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, १५ वर्षीया सुवेच्छा तिवारी र १५ वर्षीया एक बालिकाको भने पहिचान खुल्न बाँकी छ।

६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। पोखरा-२८ का बाबुरामले उपचार गर्न भर्न लिफ्ट मागेर बस चढेका थिए।

अस्पतालले मृतक र घाइतेको विवरण सार्वजनिक गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

१६ वर्षीया अस्मी कँडेलको भने आइसियुमा राखेर उपचार भइरहेको छ। अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुुली, १५ वर्षीया स्नेहा तिवारी, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १६ वर्षीय यमन मगर छन्।

बस चालक पोखरा १५ निवासी ५७ वर्षीय तुलबहादुर गुरुङ तथा उद्धारमा खटिएका प्रहरी जवान ३१ वर्षीय अर्जुन शाही पनि घाइते छन्।

गण्डकी मेडिकल कलेजमा उपचाररत् घाइतेमा १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय सिसन थापा मगर र १६ वर्षीय सौगात तिमिल्सिना छन्।

उद्धारमा खटिएका स्थानीय विश्वराज त्रिपाठीका अनुसार कक्षा ८, ९ र १० पढ्ने विद्यार्थी विद्यालयमा ट्युसन पढ्नका लागि बिहान गाडी चढेर आउँदै थिए।

उनका अनुसार बस भीरबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको छ।

प्रकाशित: २३ असोज २०८३ १२:१७ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast