चिकित्सक कुट्ने सुरक्षाकर्मीलाई कारबाहीको माग

हिमाल प्रेस २८ माघ २०७९ ७:२२ | Saturday, February 11, 2023
चिकित्सक कुट्ने सुरक्षाकर्मीलाई कारबाहीको माग

काठमाडौँ- नेपाल चिकित्सक संघले चिकित्सकलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ। शुक्रबार राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि लाठीचार्ज गरेको थियो।

अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै संघले दोषीमाथि कारबाही गर्न माग गरेको हो। आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सङ्घले चेतावनी दिएको छ।

यस्तै ट्रमा सेन्टरकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ममता भट्टराईले पनि घटनाको विरोध गर्दै कुटपिट गर्ने सुरक्षाकर्मीलाई कानुनी कारबाही गर्न माग गरेकी हुन्। उनकाअनुसार डाक्टर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उनको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ।

शनिबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । राष्ट्रपतिको सवारी व्यवस्थित गर्न भन्दै सरकारले सधैँ सडक खाली गराउने गरेको छ।

सडक खाली हुँदा ट्राफिक अस्तव्यस्त हुने र नागरिकले सास्ती खेप्नु परेपछि सहज सवारी चलाउन माग हुँदै आएको छ। तर सरकार र सुरक्षा निकायले यसको बेवास्ता गर्दै आएका छन्।

प्रकाशित: २८ माघ २०७९ ७:२२ | Saturday, February 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast