राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै चिकित्सक सिंहमाथि लाठी चार्ज

हिमाल प्रेस २७ माघ २०७९ १८:५६
78
SHARES
राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै चिकित्सक सिंहमाथि लाठी चार्ज

काठमाडौँ- प्रहरीको लाठी चार्जबाट काठमाडौँमा चिकित्सक घाइते भएका छन्। शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका सर्जन डा.जेनीथ सिंह घाइते भएका हुन्।

आज शुक्रबार राष्ट्रपति भण्डारीले संघीय संसद्‌मा सम्बोधन गरेकी थिइन्। संसद्‌बाट बाहिरिएर शीतल निवास जानेक्रममा वीर हस्पिटल अगाडि हिँडिरहेका डा.सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको हो।

उनको टाउकोमा गम्भीर चोट लागेको छ। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। डा.सिंहले आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै परिचयपत्र देखाउँदा पनि सुरक्षाकर्मीले कार्ड खोसेर लाठी चार्ज गरेको बताइएको छ।
लगत्तै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले भने सवारीको समयमा चिकित्सकले नै अटेर गरेपछि अहिलेको परिस्थिति उत्पन्न भएको बताए। उनले भने, ‘उहाँ (चिकित्सक) जबरजस्ती जान खोज्नु भयो प्रहरीले केहीबेर कुर्नुस्‌ भन्दा टेर्नु भएन। हवलदारलाई धकेल्नु भयो त्यसपछि अवस्था बिग्रिएछ। ‘

प्रकाशित: २७ माघ २०७९ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast