प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

हिमाल प्रेस १९ असोज २०८३ १२:०३ | Monday, October 5, 2026
प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि सोमबार संयुक्त अधिराज्य (बेलायत) प्रस्थान गरेका छन्।

बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाल्करको निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज १९ देखि २५ गतेसम्म बेलायतको औपचारिक भ्रमणमा गएका हुन्।

प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी प्रदीप जंग केसीले प्रधानसेनापति सिग्देललाई बिदाइ गरेका थिए।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणले सदियौँदेखि कायम दुई देशबीचको आपसी सैनिक सम्बन्धलाई थप सुदृढ गर्न सहयोग पुग्नेछ।

सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने सेनाको विश्वास छ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

प्रकाशित: १९ असोज २०८३ १२:०३ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast