फ्लाईदुबई घटना : ओमानमा प्रतिबन्धित थिए सहचालक

हिमाल प्रेस १७ असोज २०८३ १८:०८ | Saturday, October 3, 2026
4
SHARES
फ्लाईदुबई घटना : ओमानमा प्रतिबन्धित थिए सहचालक

काठमाडौँ- इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ। अधिकारीहरुका अनुसार ती सहचालकलाई यसअघि आफ्नै देश ओमानमा केही चिन्ताका कारण विमान उडाउनबाट रोक लगाइएको थियो।

समाचारअनुसार ओमानमा उडानमा रोक लगाइएपछि उनलाई संयुक्त अरब इमिरेट्समा रहेको फ्लाईदुबईले रोजगारी दिएको थियो। उनलाई नियुक्त गर्ने क्रममा गरिएको सुरक्षा जाँच कति विस्तृत थियो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

विमानमा १८२ जना यात्रु रहेका थिए। घटनापछि मध्यपूर्वको हवाई सुरक्षासम्बन्धी विषयमा थप चासो बढेको छ। घटनाको वास्तविक कारण र अन्य पक्षबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्। यसैबीच, संयुक्त अरब इमिरेट्सले इजरायलतर्फ हुने सबै व्यावसायिक उडान स्थगित गरेको छ।

यसका कारण संयुक्त अरब इमिरेट्समा रोकिएका यात्रुलाई स्वदेश फर्काउन इजरायल र संयुक्त अरब इमिरेट्सले विशेष उडान सञ्चालन गर्न थालेका छन्। पहिलो विशेष उडान शुक्रबार राति संयुक्त अरब इमिरेट्सबाट प्रस्थान गरी शनिबार बिहान तेल अभिभ पुगेको थियो। अन्य विमान कम्पनीहरूले पनि यात्रु फिर्ता ल्याउन विशेष उडान सञ्चालन गर्ने तयारी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाबारे प्राप्त प्रारम्भिक जानकारीमा इरानसँग सम्भावित सम्बन्ध देखिएको बताएका छन्। तर अनुसन्धानमा संलग्न एक इजरायली अधिकारीका अनुसार अहिलेसम्म आक्रमणकारीको इरानसँग सम्बन्ध रहेको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सहचालक अतिवादी विचारबाट प्रभावित भएको दाबी गरेका छन्। यद्यपि, उक्त दाबी पुष्टि गर्ने ठोस प्रमाण भने सार्वजनिक गरिएको छैन।-रासस/एपी

प्रकाशित: १७ असोज २०८३ १८:०८ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast