काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत यूएन मिसनमा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकको पहिलो टोली बिहीबार मिसन क्षेत्रतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार सोही दिन मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०३ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्। हाल दक्षिण सुडानमा नेपाली सेनाका १ हजार ६९ जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: १५ असोज २०८३ १५:०७ | Thursday, October 1, 2026
प्रतिक्रिया



