किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

हिमाल प्रेस १४ असोज २०८३ ७:४१ | Wednesday, September 30, 2026
2
SHARE
किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

काठमाडौँ-पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ।  किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब ३ लाख किसान किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्।

हालसम्म देशभर २६ लाख ७९ हजार किसान किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन्। किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रका कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय, निकाय तथा आयोजनाहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न र गराउन निर्देशन दिएको छ।

किसान सूचीकरणमार्फत वास्तविक किसानको पहिचान, तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवासुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयको भनाइ छ। सरकारी कृषि कार्यक्रमअन्तर्गत प्रदान गरिने अनुदान, मल वितरण सेवा तथा अन्य कृषि सुविधामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न किसान सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग जोड्दै आगामी दिनमा प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित: १४ असोज २०८३ ७:४१ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast