यी स्थानमा आज पनि वर्षाको सम्भावना

हिमाल प्रेस १४ असोज २०८३ ६:३४ | Wednesday, September 30, 2026
2
SHARE
यी स्थानमा आज पनि वर्षाको सम्भावना

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू९भागमा आंशिक बादल लाग्नेछ।

देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: १४ असोज २०८३ ६:३४ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast