काठमाडौँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा खसेको पहिरो हटाएपछि त्यहाँ यातायात सुचारु भएको छ।
सोमबार बिहान माथिबाट पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको थियो। तुरुन्तै पहिरो हटाउन उपकरण परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
पहिरो पन्छाएपछि यातायात सुचारु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
प्रकाशित: १२ असोज २०८३ ९:३२ | Monday, September 28, 2026
प्रतिक्रिया



