कुन कुन नदीमा छ आज जोखिम?

हिमाल प्रेस ११ असोज २०८३ ८:४० | Sunday, September 27, 2026
10
SHARES
कुन कुन नदीमा छ आज जोखिम?

काठमाडौँ- नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ। बाढी मापन केन्द्रका अनुसार सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रही बढ्दो क्रममा छ। बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेको छ।

नारायणी नदीमा बहाव उच्च भएपछि चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रहरूमा बाढीको उच्च जोखिम रहेको छ।

चितवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकहरूलाई तत्काल सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरिएको छ।

नारायणी नदी र यसका सहायक नदीहरूका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न भनिएको छ। नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानहरूमा हेर्न वा फोटोरभिडियो खिच्न भिड नगर्न आग्रह गरिएको छ।

कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी तथा तिनका शाखा खोलानाला आसपास आज साँझसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।

प्रकाशित: ११ असोज २०८३ ८:४० | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast