बाढी अपडेट : ५ सय घर डुबानमा, २ हजार प्रभावित

हिमाल प्रेस ११ असोज २०८३ ७:२० | Sunday, September 27, 2026
6
SHARES
बाढी अपडेट : ५ सय घर डुबानमा, २ हजार प्रभावित

काठमाडौँ- लगातारको वर्षाका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५ सय घर डुबानमा परेका छन्।

घरहरु डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन्।

शुक्रबार राति सप्तकोसी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए।

‘बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ,’ उनले भने।

प्रकाशित: ११ असोज २०८३ ७:२० | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast